आउटफिल्डका कारण नेपाल र सिंगापुरबीचको खेल ढीला

काठमाडौं। एसीसी ट्वान्टी-२० इस्टर्न रिजन प्रतियोगितामा आज नेपाल र सिंगापुरबीचको खेल ढीलो हुने भएको छ।

आउटफिल्ड ओसिलो भएका कारण खेल ढीला गरी शुरू हुन लागेको हो।

खेल स्थानीय समयअनुसार ९ः३० मा हुने भनिएको थियो। तर, अहिलेसम्म टस हुन सकेको छैन।

१०ः३० बजे मैदानका अवस्था हेरिएको थियो। तर अझै खेल्न मिल्ने अवस्था छैन।

अब स्थानीय समयअनुसार ११ः१५ बजे पुनः मैदानको अवस्था मुल्यांकन गरिने एसीसीले जनाएको छ।

नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ भने सिंगापुरले अघिल्लो चरणमा स्थान पक्का गरिसकेको छ।

सिंगापुर तीन खेलमा अपारजित छ। सिंगापुर ६ अंकका साथ शीर्ष स्थानमा छ।

आजै हङकङले मलेसियाविरुद्ध खेल्नेछ।

सिंगापुरसँगै हङकङ र मलेसियाबीचको विजेताले मलेसियामा हुने एसिया कपको फाइनल छनोट खेल्नेछ।

नेपाल र थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्