भारतीय राजदूत र नेकपा नेता नेपालबीच भेटघाट

काठमाडौं। नवनियुक्त भारतीय राजदूत विनयमोहन क्‍वात्राले पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।

राजदूत क्‍वात्रा र नेपालबीच आज बिहान कोटेश्‍वस्थित नेपाल निवासमा भेटवार्ता भएको हो।

नेता नेपाल नेकपा विदेश विभाग प्रमुखसमेत हुन्।

दुईजनाबीच नेपाल-भारत सम्बन्ध र समसामयिक विषयमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ।

आजै जन्मदिन परेका नेपाललाई राजदूत क्‍वात्राले शुभकामना दिएका छन्।

हिजो, २२ फागुनमा राष्‍ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाण पत्र बुझाएसँगै क्‍वात्राले राजनीतिक भेटघाट बढाएका छन्।

प्रतिक्रिया दिनुहोस्