काठमाडौं। मोहित गुरूङ र एलोन राईले दुई–दुई गोल गरेपछि टुसाल युथ क्लबले आज झम्सीखेल युथ क्लबमाथि ५-० को नतिजा निकाल्दै शहीद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।
लिगमा टुसालको यो दोस्रो जित हो। जितसँगै टुसालको ६ अंक भएको छ। ब्वाइज युनियन र खुमलटार युथ क्लबको पनि समान ६ अंक छ। तर, गोलअन्तरमा टुसाल तेस्रो स्थानमा रहेको हो। सातदोबाटो युथ क्बल ९ अंकका साथ शीर्ष स्थानमा छ।
मोहितले ४७औं मिनेटमा गरेको गोलबाट टुसालले अग्रता लिएको थियो। ७५औं मिनेटमा वैकल्पिक खेलाडी भुपेन्द्र शाहीको गोलमा टुसाल युथले अग्रता बनायो। भुपेन्द्रले मैदान छिरेको दुई मिनेट बित्न नपाउँदै गोल गरेका हुन्।
भुपेन्द्र विक्रम राईको स्थानमा मैदान प्रवेश गरेका थिए। विक्रम पनि ४२औं मिनेटमा श्रीकृष्ण तामाङको स्थानमा मैदान छिरेका थिए।
७९औं मिनेटमा एलोनले तेस्रो गोल गरे।
८५औं मिनेटमा मोहितले चौथो गोल थपे। इन्जुरी समयमा एलोनले पाँचौं गोल थपेपछि टुसालले फराकिलो जित हात पारेको हो। झम्सीखेलको भने यो लगातार दोस्रो हार हो। झम्सीखेलले पहिलो खेलमा आरसीटीसँग बराबरी खेलेको थियो। यसअघि झम्सीखेल नयाँवस्ती युथसँग ५–१ ले पराजित भएको थियो।
यो हारसँगै झम्सीखेल एक अंकका साथ दशौं स्थानमा छ। झम्सीखेलभन्दा तल पुल्चोक स्पोर्टस् क्बल र मध्यपुर युथ एशोसिएसन रहेका छन्। पुल्चोक स्पोर्टस् र मध्यपुर युथ दुबैले अंक जोड्न सकेका छैनन्।
" /> काठमाडौं। मोहित गुरूङ र एलोन राईले दुई–दुई गोल गरेपछि टुसाल युथ क्लबले आज झम्सीखेल युथ क्लबमाथि ५-० को नतिजा निकाल्दै शहीद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ।लिगमा टुसालको यो दोस्रो जित हो। जितसँगै टुसालको ६ अंक भएको छ। ब्वाइज युनियन र खुमलटार युथ क्लबको पनि समान ६ अंक छ। तर, गोलअन्तरमा टुसाल तेस्रो स्थानमा रहेको हो। सातदोबाटो युथ क्बल ९ अंकका साथ शीर्ष स्थानमा छ।

">