कैलाली। महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेका अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित नेकपाका सांसद तथा प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक अक्कलबहादुर रावलमाथि अनुसन्धान गर्न अदालतले चार दिनको समय दिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाएका रावलमाथि अनुसन्धान गर्न कैलाली जिल्ला अदालतले चार दिनको समय दिएको बताए।
बलात्कार प्रयास गरेको उजुरी परेपछि रावल २१ फागुनमा आफैं प्रहरी कार्यालयमा उपस्थित भएका थिए।
प्रदेश सभाका सदस्य रावलकाबिरुद्ध १४ फागुनमा प्रहरीमा उजुरी परेको थियो। जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि २१ माघमा जवर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छिन्।
स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित रावल प्रदेश सभाको निर्वाचनमा भने विजयी भएका थिए।
" /> कैलाली। महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेका अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित नेकपाका सांसद तथा प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक अक्कलबहादुर रावलमाथि अनुसन्धान गर्न अदालतले चार दिनको समय दिएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाएका रावलमाथि अनुसन्धान गर्न कैलाली जिल्ला अदालतले चार दिनको समय दिएको बताए।

">