कैलाली। नाबालिकासहित दुई महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बर्दगोरिया गाउँपालिका–२ सडकपुरका २९ वर्षीय दिल बहादुर चौधरी र चुरे गाउँपालिका- ६ मदनपुरका २४ वर्षीय नरेशनाथ योगीलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।
गोदावरी नगरपालिका वडा नम्बर २ उत्तरबनखेत डेरा गरी बस्ने कम्प्युटर शिक्षक नरेशनाथ योगी १६ वर्षीया नाबालिका आफ्नै छात्रामाथि बलात्कार गरेको आरोप लागेको छ।
विद्यालय जाँदै गरेकी नाबालिकालाई ५ फागुन बिहान ७ बजे आफ्नो डेरामा लगेर बलात्कार गरेका शिक्षक योगीले पुनः १९ फागुनमा बलात्कारको प्रयास गरेपछि पीडित नाबालिकले परिवारलाई जानकारी गराएकी थिइन्। परिवारको सहयोगमा नाबालिकको उजुरी पछि योगीलाई प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै, सुस्त मनस्थितिकी युवतीमाथि बलात्कार गरेको आरोपमा बर्दगोरियाको सडकपुरका २९ वर्षीय दिल बहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। चौधरी जोशीपुर गाउँपालिका–१ जोशीपुर बजारबाट २१ फागुन दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ।
चौधरीले जानकी गाउँपालिका वडा नम्बर ४ मुनुवाबाट २० फागुन राति साढे ११ बजे राति बा १० च १८३९ नम्बरको स्कारपियोमा लगेर २१ वर्षीय सुस्त मनिस्थितिकी युवतीलाई जोशीपुर गाउँपालिकाको वडा नम्बर ४ झवहीमा लगेर गाडीभित्रै बलात्कार गरेका थिए।
पीडित युवतीका परिवारको जाहेरीपछि चौधरीलाई २१ फागुन दिउँसो करीब दुई बजे कैलालीको जोशीपुरबाट पक्राउ गरिएको डीएसपी बस्नेतले बताए। पक्राउ परेका दुबै जनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
" /> कैलाली। नाबालिकासहित दुई महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।बर्दगोरिया गाउँपालिका–२ सडकपुरका २९ वर्षीय दिल बहादुर चौधरी र चुरे गाउँपालिका- ६ मदनपुरका २४ वर्षीय नरेशनाथ योगीलाई बलात्कार आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

">