काठमाडौं। त्रिदेव गुरुङले थपिएको समयमा गरेको गोलमा सहारा क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब ब्रिगेड ब्वाइज क्लबलाई ३–२ ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।
सहारा क्लबका उत्पादन अनिल गुरूङको कप्तानीमा खेलेको ब्रिगेड ब्वाइजले दुई पटकको अग्रता जोगाउन सकेन। राजेश परियारको गोलमा बिग्रेड ब्वाइजले ५८औं मिनेटमा अग्रता लिएको थियो।
पोखरा रंगशालामा भएको खेलमा ब्रिगेड ब्वाइजका काजिम बुसारीले सहाराका रक्षक अशिष गुरुङबाट बल खोसेर दिएको पासलाई पेनाल्टी बक्सभित्र कसैको निगरानीमा नरहेका राजेशले पोष्टको दिशा दिएका हुन्।
६१औं मिनेटमा सहाराले बराबरी गोल फर्कायो। कमल थापाको फ्रीकीकलाई सिइवी युरिचले हेडमार्फत् बराबरी गोल फर्काएका हुन्। ब्रिगेड ब्वाइजका मनोज राईले त्रिदेव गुरुङलाई फाउल गरेपछि साहराले फ्रीकीकको अवसर पाएको थियो।
त्यसको दुई मिनेट बित्न नपाउँदै विजय गुरुङको गोलमा ब्रिगेड ब्वाइजले पुनः अग्रता लियो। रन्दिप पौडेलले बायाँ खुट्टाले हानेको प्रहार सहाराका गोलकिपर अर्पण कार्कीले राम्रोसँग क्लियर गर्न नसक्दा प्राप्त बलालई ६ यार्ड बक्सभित्र रहेका विजयले पोष्टका दिशा दिए।
६७औं मिनेटमा बिग्रेड ब्वाइजले अग्रता बढाउने राम्रो मौका खेर फाल्यो। विजय गुरुङले १८ यार्डबाट हानेको फ्रीकीक सहाराका गोलकिपर अर्पणले मुश्किलले बचाए।
रिबाउन्डमा प्राप्त बलमा बिग्रेड ब्जाइजका प्रदीप भट्टराईले हानेको प्रहार बारमा लागेर फर्कियो। राजेशलाई सहाराका किरण मगर र आषिश गुरुङले ब्रिगेड ब्वाइजले फ्रीकीकको अवसर पाएको हो।
सहाराका त्रिदेवले ७९औं मिनेटमा बराबरी गोल फर्काए। उनले ब्रिगेड ब्जाइजका गोलकिपर विशाल सुनारलाई ‘विट’ गर्दै विपक्षी दुई रक्षकको बीचबाट हानेको प्रहार गोलमा परिणत भएको थियो।
निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएपछि १५ मिनेट समय थप गरिएको थियो। थप समय सकिन दुई मिनेट बाँकी छँदा त्रिदेवले गरेको गोल घरेलु टोलीको जितमा निर्णायक बन्यो। गोलकिपर अर्पणको लामो फ्रीकीकलाई त्रिदेवले हेडमार्फत् पोष्टको दिशा दिएका हुन्।
सहाराले अब सेमिफाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। त्रिदेव गुरुङले थपिएको समयमा गरेको गोलमा सहारा क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब ब्रिगेड ब्वाइज क्लबलाई ३–२ ले हराउँदै आहा रारा गोल्डकपको अन्तिम आठमा स्थान बनाएको छ।सहारा क्लबका उत्पादन अनिल गुरूङको कप्तानीमा खेलेको ब्रिगेड ब्वाइजले दुई पटकको अग्रता जोगाउन सकेन। राजेश परियारको गोलमा बिग्रेड ब्वाइजले ५८औं मिनेटमा अग्रता लिएको थियो।

">