काठमाडौं। १८ फागुनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवारकै सदस्य रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।
जुत्ता प्रहारको घटनापछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको थियो।
उक्त समितिले गरेको अनुसन्धानपछि तिरुवा शहीद परिवारकै सदस्य रहेको पुष्टि भएको हो।
“हामीले अनुसन्धान गर्दा उनी शहीद परिवारकै सदस्य रहेको देखियो”, एसएसपी थापाले देखापढीसँग भने, “उनको बुवा २०५६ सालमा मारिएका रहेछन्।”
जुत्ता प्रहार गर्ने तिरुवाका बुवा मोहन तिरुवाको तत्कालीन समयमा सुरक्षाकर्मीको कारबाहीमा मृत्यु भएको थियो।
प्रहरी अनुसन्धानले तिरुवा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहको पार्टीको कुनै सदस्यसमेत नरहेको खुलेको छ।
अनुसन्धान समितिले प्रतिवेदन महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बुझाइसकेको छ।
१८ फागुनमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दाहाललाई ताकेर जुत्ता प्रहार भएको थियो। तर, उनलाई जुत्ता भने लाग्न पाएन।
घटना भएको दिन नेकपा जुम्लाले भने विज्ञप्ति निकालेर तिरुवा प्रतिबन्धित चन्द समूहका कार्यरत रहेको दाबी गरेको थियो। साथै, उनी शहीद परिवारका सदस्य नभएको र नेकपा समर्थक पनि नभएको नेकपाको विज्ञप्तिमा उल्लेख थियो।
रतन भने काठमाडौंमा बसेर लोकसेवाको तयारी गर्दै आएका थिए।
महानगरीय प्रहरी परिसर टेकुले तिरुवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभद्र व्यवहारको कसूरमा म्याद थपेर अनुसन्धान गरिरहेको छ।
अभद्र व्यवहार कसूर पुष्टि भए एक वर्षकैद वा १० हजार जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ।
" /> काठमाडौं। १८ फागुनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने रतन तिरुवा शहीद परिवारकै सदस्य रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।जुत्ता प्रहारको घटनापछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको संयोजकत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

">