राखेपले खेल गतिविध स्थगन गर्ने तयारी गरिरहँदा एन्फाले सार्वजनिक गर्‍यो खेलतालिका
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले खेलकुदका सबै प्रतियोगिता स्थगन गर्ने तयारी गरिरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज ३ चैतबाट हुने उपमेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।

सात टीमको सहभागिता रहने प्रतियोगिताको पहिलो चरणका खेल ३–१३ चैतसम्म सुनसरीको धरान रंगशालामा हुनेछन्। दोस्रो चरणका खेलहरू भने काठमाडौं र अन्तिम चरणका खेल विराटनगरमा जेठ तेस्रो साता हुने एन्फा महासचिव इन्द्रमान तुलाधारले बताए।

सदस्यसचिव रमेशकुमार सिलवालले अहिले भइरहेकाबाहेक अन्य सबै प्रतियोगिता तत्कालका लागि स्थगित गर्ने तयारी भइसकेको देखापढीलाई बताएका छन्। त्यस्तै नेपाल सरकारले नोबेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न भिडभाड हुने सभा, सम्मेलन तथा अन्य कुनै पनि गतिविधि नगर्न अनुरोध गरिसकेको छ।

एन्फा महासचिव तुलाधरले भने अहिलेसम्म आधिकारिक पत्र नआएको भन्दै प्रतियोगिता निर्धारित समयमै हुने बताए।

“हामीले तीन गतेबाटै प्रतियोगिता गर्ने तयारी गरिरहेका छौं,” तुलाधरले थपे, “हामीलाई अहिलेसम्म अधिकारिक पत्र आएको छैन। पत्र आयो भने हामी रोक्छौं।”

डबल राउण्ड रोविन लिग प्रणलीमा हुने प्रतियोगितामा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका (रौतहट), वालिङ नगरपालिका (स्याङ्जा), चौदण्डीगढी नगरपालिका (उदयपुर), सशत्र प्रहरी बलको एपीएफ क्बल, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्। त्यसमध्ये विभागीय टीमबाहेक अन्य टीम चन्द्रपुरमा संचालित उप मेयर राष्ट्रिय महिला फुटबल प्रतियोगिताबाट छनोट गरिएको एन्फाले जनाएको छ।

प्रतियोगितामा प्रत्येक टीमले १२ खेल खेल्नेछन्। लिगमा ४२ खेल हुनेछन्। विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रो हुनेले पाँच लाख नगद पुरस्कार जित्नेछन्।

प्रतियोगिता अवधिभर उत्कृष्ट हुने फरवार्ड, मिडफिल्डर, रक्षक, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार रूपैयाँले पुरस्कृत गरिने तुलाधरले बताए। प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’ले पाँच हजार पुरस्कार जित्नेछन्।

फेयर प्ले टीमले एक लाख ५० हजार रुपैयाँ पुरस्कार जित्नेछ। त्यस्तै सबै टीमलाई तयारी स्वरूप एक लाख रूपैयाँ उपलब्ध गराउने एन्फा महासचिव तुलाधरले बताए।

प्रतिक्रिया दिनुहोस्