प्रधानमन्त्रीले कालो चिया पिए, स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं। हिजो, २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको चिकित्सकहरूले जानकारी गराएको बताएका छन्।

चिकित्सकहरुको भनाई उदृत गर्दै पोखरेलले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । बिहान कालो चिया खुवाइएको छ।’

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन रक्षामन्त्रीसँगै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अस्पताल पुगेका छन्।

सुरक्षा निकायका प्रमुखहरू पनि अस्पताल पुगेका छन्।

१९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्रीको चिकित्सकहरूले करीब पाँच घण्टा लगाएर दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न भने दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्