काठमाडौं। सर्जियो अग्विरोको गोलमा म्यानचेस्टर सिटीले गएराती शेफिल्ड वेनसडेलाई १–० ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
भ्रमणकारी सिटीलाई जिताउन अग्विरोले ५३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जारी सिजन अग्विरोको यो २३औं गोल हो। अग्विरोले बेन्जामिन मेन्डीको पासमा पेनाल्टी क्षेत्रबाट वाँया खुट्टाले हानेको प्रहारलाई विपक्षी रक्षक जेसेफ विल्डस्पिथले रोक्न सकेनन्।
जितसँगै सिटीले घरेलु प्रतियोगिता र युरोपियन कपसहित तीन उपाधि उचाल्ने सम्भावना कायम राखेको छ। सिटीले आइतबार वेम्बली रंगशालामा एस्टन भिल्लालाई २–१ हराउँदै काराबाओ कपको उपाधि जितेको थियो। सिटीले च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा रियाल मड्रिडलाई २१ ले हराएको छ।
२०१६ मा पेप ग्वार्डिओला सिटीमा आएपछि एफए कपमा क्लबको यो १५ औं जित हो। सिटीले त्यसयता एक बराबरी र दुई खेलमात्र हारेको छ। वार्डिओलाको सिटीले अब सेमिफाइनलका लागि जेम्स पार्कमा न्युक्यासल युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ।
प्रिमियर लिगकै अर्को क्लब टोटेनह्याम भने नर्विच सिटीसँग टाइब्रेकरमा पराजित भयो। निर्धारित समय १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो। पेनाल्टी सुटआउटमा नर्विच सिटीले ३–२ को नतिजा निकाल्दै अन्तिम आठमा स्थान पक्का गर्यो।
घरेलु मैदानमा जन भर्टोनघनको गोलमा टोटेनह्यामले १३औं मिनेटमा अग्रता लिएको थियो। तर टोटेनह्यामले त्यो अग्रता अन्तिमसम्म जोगाउन नसक्दा घरेलु समर्थक स्तब्ध बने। खेल सकिन १२ मिनेट बाँकी छँदा जोसिप ड्रिमिकले बराबरी गोल फर्काएका थिए।
पेनाल्टी सुटआउटमा टोटेनह्यामका इरिक डायर र जियोभानी लो सेल्सोले मात्र गोल गरे। इरिक लामेला, ट्रोए प्यार्रोट र गेडसन फर्नान्डेसले गोल गर्न सकेनन्। नर्विच सिटीका केनी म्याकलेनले गोल नगरे पनि एडम उच इड, मार्को स्टिपरम्यन र टोड कान्टवेलले गोल गरेका थिए।
रोबर्टो पेरेराले ८२औं मिनेटमा गरेको गोलमा लेस्टर सिटीले बर्मिङघमलाई १–० ले पराजित गर्यो। लेस्टर अब सेमिफाइनल प्रवेशका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। अर्को क्वार्टरफाइलनमा आर्सनल र सेफिल्ड युनाइटेड प्रतिस्पर्धा गर्नेछन्। नर्विच सिटीले डर्बी काउन्टी र म्यानचेस्ट युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
" /> काठमाडौं। सर्जियो अग्विरोको गोलमा म्यानचेस्टर सिटीले गएराती शेफिल्ड वेनसडेलाई १–० ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।भ्रमणकारी सिटीलाई जिताउन अग्विरोले ५३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जारी सिजन अग्विरोको यो २३औं गोल हो। अग्विरोले बेन्जामिन मेन्डीको पासमा पेनाल्टी क्षेत्रबाट वाँया खुट्टाले हानेको प्रहारलाई विपक्षी रक्षक जेसेफ विल्डस्पिथले रोक्न सकेनन्।

">