सुर्खेत। कालीकोट जिल्लाको पलाता गाउँपालिकाले नभएका विद्यालयका नाममा टिसर्ट बनाएर लाखौं रूपैयाँ निकासा गरेको खुलासा भएको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा शहीद स्मृति नमुना आवासीय विद्यालयका नाममा ३६ लाख ८१ हजार बजेट विनियोजन गरेको छ।

कतैपनि दर्ता नभएको आवासीय विद्यालयका लागि गाउँपालिकाले विनियोजन गरेको रकम श्री शहीद स्मृति नमुना आवासीय माध्यमिक विद्यालय थिर्पु पलाता–९ को नाममा टिसर्ट बनाएर खर्च गरेको छ।

गाउँपालिकाले स्थापना गर्ने भनेको आवासीय विद्यालय शमावि र टिसर्ट छपाई भएको श्री शहीद स्मृति नमुना आवासीय माध्यमिक विद्यालय थिर्पु पलाता–९ कतै पनि दर्ता छैनन्।

शहीद स्मृति नमुना आवासीय माध्यमिक दर्ता प्रक्रियामा रहेको पलाता गाउँ शिक्षा शाखाका प्रमुख रणप्रसाद भट्टले बताए। “विद्यालय दर्ता गर्ने प्रक्रियामा छौं”, उनले भने, “यो विषयमा गाउँपालिका अध्यक्षलाई पनि बुझ्नुहोला।”

जिल्ला शिक्षा समन्वय इकाइ कालीकोटका प्रमुख महेशदत्त देवकोटाले जिल्लामा कुनै पनि आवासीय विद्यालय दर्ता नभएको र त्यो विद्यालयको नाम समेत नसुनेको प्रतिक्रिया दिए। “सामाजिक विकास मन्त्रालयले आवासीय विद्यालय सञ्चालन गर्ने भन्ने निर्णय गरेको जानकारी पाएको थिएँ” उनले भने, “कालीकोटका कुन–कुन ठाउँमा आवासीय विद्यालय सञ्चालन भए, त्यो जानकारी कार्यालयमा आएको छैन।”

गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले श्री शहीद स्मृति नमुना आवासीय माध्यमिक विद्यालय थिर्पु पलाता–९ बनाउनका लागि रकम निकासा गरेर आफैं लगेको तर, अहिलेसम्म पनि विद्यालय दर्ता नगरिएको गाउँपालिका स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार निकासा गरिएको रकम टिसर्ट छपाईमा खर्च गरिएको छ। दर्ता नै नभएको विद्यालयका नाममा किन टिसर्ट छपाई गरिएको हो भन्ने कुरा बुझ्न अध्यक्ष बमलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
दर्ता नभएको विद्यालयको नाममा छपाई गरिएका टिसर्टहरू यो खबर प्राप्त हुँदा पलाता गाउँपालिका–९ थिर्पुस्थित श्री सरस्वती माध्यमिक विद्यालयको कोठामा थन्काएर राखिएका थिए।

स्थानीयले गाउँपालिकामा नै नभएको विद्यालयका नाममा टिसर्ट बनाएको विषयमा विरोध गरेपछि अहिले विद्यालयमा गोदाम गरिएको सामान हटाइएको विद्यालय स्रोतले बताएको छ।

" /> सुर्खेत। कालीकोट जिल्लाको पलाता गाउँपालिकाले नभएका विद्यालयका नाममा टिसर्ट बनाएर लाखौं रूपैयाँ निकासा गरेको खुलासा भएको छ।

"> गाउँपालिकाकै नक्कली विद्यालय !: Dekhapadhi
गाउँपालिकाकै नक्कली विद्यालय !

प्रतिक्रिया दिनुहोस्