मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु <p>काठमाडौं। मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ४८ जना घाइते भएका छन्।&nbsp;</p> <p>आज साँझ जन्ती बोकेको ना ३ ख ३५५६ नम्बरको बस मकवानपुरगढी गाउँपालिका&ndash;२ मा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीका प्रवक्ता, डीएसपी चित्रबहादुर कार्कीले <em>देखापढी</em>लाई बताए।</p> <p>घाइतेहरूको अहिले उद्दार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए।&nbsp;</p> <p>घाइतेमध्ये २१ जनाको चुरेहिल अस्पताल र २८ जनाको मकवानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ब्रेक फेल भएर बस सडकबाट तल खसेको डीएसपी कार्कीले बताए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्