बलात्कार आरोपमा नेपाल प्रहरी पूर्वडीएसपी पक्राउ

काठमाडौं। नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजू पक्राउ परेका छन्।

बलात्कार आरोप लागेका उनलाई आज भक्तपुरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले देखापढीलाई बताए।

तत्कालीन डीएसपी खिउजूले ३० माघ २०७५ मा महानगरीय प्रहरी वृत्त, चापागाउँ पुगेका बेला कार्यकक्षमै सेवाग्राही युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो।

खिउजूले प्रहरीबाट स्वेच्छिक अवकाश लिइसकेका थिए।

पीडित युवतीले २२ माघमा ललितपुर प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

खिउजूलाई पक्राउ गर्न प्रहरीले २३ माघमा अनुमति पाएपनि उनी ‘फरार’ थिए।

आज पक्राउ परेका खिउजूमाथि थप अनुसन्धान भइरहेको एसएसपी राईले बताए।

खउजूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न प्रहरीले भोलि अदालतसँग म्याद लिनेछ।

प्रतिक्रिया दिनुहोस्