काठमाडौं। महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकजना प्रदेश सांसदले प्रहरीसमक्ष आत्मसर्मण गरेका छन्।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावल आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्।
प्रदेश सभाका सदस्य रावलविरुद्ध १४ फागुनमा उजुरी परेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए। जाहेरीमा महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि २१ माघमा जवर्जस्ती करणीको प्रयास गरेको आरोप लगाएकी छन्।
महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डीएसपी बस्नेतले बताए।
प्रहरीले रावललाई हिरासतमा राखेर थप अनुसन्धान गर्न भोलि, २२ फागुनमा अदालतबाट अनुमति लिने बताएको छ।
रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्वाचित नेकपाका सांसद हुन्। उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक समेत छन्।
स्थानीय तहको निर्वाचन मेयरमा पराजित रावल प्रदेश सभाको निर्वाचनमा भने विजयी भएका थिए।
" /> काठमाडौं। महिलामाथि बलात्कारको प्रयास गरेको आरोप लागेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकजना प्रदेश सांसदले प्रहरीसमक्ष आत्मसर्मण गरेका छन्।धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक विवाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कलबहादुर रावल आफैं जिल्ला प्रहरी कार्यालय कैलालीमा उपस्थित भएका हुन्।

">