काठमाडौं। नेपाली कांग्रेसले तत्कालका लागि पार्टीका सार्वजनिक कार्यक्रम स्थगित गरेको छ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम नेपालमा पनि देखिन सक्ने भन्दै कांग्रेसले तत्कालका लागि भेला, सम्मेलन र सभा स्थगित गर्ने निर्णय गरेको हो।
केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेलसम्म स्थगित गर्ने निर्णय भएको बताए।
सरकारले भेला, सम्मेलन गर्न रोक लगाएको अवस्थामा प्रतिपक्षले पनि नगर्ने निर्णय गरेको शर्माले बताए।
“हाम्रा तमाम विमतिहरूलाई थाँती राख्दै अहिलेको जोखिमपूर्ण अवस्थामा सरकारलाई सम्पूर्ण रूपमा साथ र सहयोग गर्नुपर्छ भन्ने मान्यता राखेका छौँ”, शर्माले भने, “जोखिम सामनाका लागि सरकारले अघि सारेका रणनीतिको पालना र कार्यान्वयनमा सबै पक्षले साथ दिनुपर्छ।”
यसैगरी, कोरोना भाइरसबाट बच्न सचेतना फैलाउन पनि कांग्रेसले साथ दिने शर्माले बताए।
तर, कांग्रेसका आन्तरिक काम भने जारी रहने उनको भनाइ छ।
स्थानीय तहकाे समायोजन, १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम आन्तरिक रूपमा जारी रहने कांग्रेस प्रवक्ता शर्माले बताए।
" /> काठमाडौं। नेपाली कांग्रेसले तत्कालका लागि पार्टीका सार्वजनिक कार्यक्रम स्थगित गरेको छ।विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम नेपालमा पनि देखिन सक्ने भन्दै कांग्रेसले तत्कालका लागि भेला, सम्मेलन र सभा स्थगित गर्ने निर्णय गरेको हो।

">