थरुहट/थारुवान मोर्चाले गरेकाे बन्द खुल्याे
<p>कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले गरेको दुईदिने बन्द खुलेको छ।</p>
<p>सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन कैलाली, कञ्चनपुरसहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको मोर्चाले आज अपरान्ह ५ बजेदेखि बन्द खुलेको जनाएको छ ।</p>
<p>मोर्चाले विज्ञप्ति जारी गर्दै आमहड्तालको कार्यक्रममा सघाउने सबैलाई धन्यवाद दिदै बन्द खुलेको जानकारी दिएको छ।</p>
<p>बन्द खुलेपछि बजार क्षेत्रमा चहलपहल बढेको छ।</p>
प्रतिक्रिया दिनुहोस्
