अफगानिस्तान। तालिबानी लडाकू समूहले अफगानिस्तानको दुईवटा प्रान्तमा गरेको आक्रमणमा कम्तीमा १९ अफगान सैनिक मारिएकाे सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन्। प्रान्तीय राजधानी कुन्दुज शहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ सिर्कातमा रहेको सैनिक शिविरमा सो आतङ्ककारी आक्रमण भएको प्रान्तीय परिषद्का सदस्य फावजिया जवादले बताए।
यद्यपि जवादका अनुसार मध्यरातबाट शुरू भएको यस आक्रमण र त्यसपछि भएको दोहोरो झडपमा परी तालिबान आतङ्ककारी समूहका कैयौं सदस्य मारिएका छन्।
कुन्दुज शहरकै पूर्वी भागमा पर्ने इलाकामा तालिबानी लडाकू समूहले गरेको अर्को छुट्टै आक्रमणमा परी चारजना स्थानीय प्रहरी मारिएका छन्। सो आक्रमण त्यसपछिको झडपका परी तालिबानी लडाकूका तीन सदस्य पनि मारिएका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन्।
कुन्दुज प्रान्तको छिमेकमा पर्ने बाल्ख प्रान्तमा तालिबान लडाकूको आक्रमणमा परी अफगान स्थानीय प्रहरीका तीन सदस्य मारिएका छन्। बाल्ख प्रान्तको बाल्ख जिल्लाको समार्कानयान गाउँमा सो आक्रमण भएको थियो ।
संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिबान समूहबीच २९ फेब्रुअरीका दिनमा कतारको दोहामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो।
सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र तालिबानी समूहका नेता बतारको राजधानीमा पुगेका थिए। सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रद्वारा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महीनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको छ।
सम्झौतामा हस्ताक्षर भएपछि अफगानिस्तानमा तैनाथ आठ हजार ६०० सैनिकलाई आगामी १३५ दिनभित्रमा पहिलो चरणमा फिर्ता लगिनेछ भने अमेरिका र उसका सहयोगीले बाँकी सबै सैनिकलाई १४ महीनाभित्र फिर्ता गर्ने विज्ञप्तिमा भनिएको छ।
सम्झौताअनुसार अफगानी विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणमा तालिवान समूहले सरकारलाई सहयोग गर्नेछ। दोहा सम्झौताले विगत १८ वर्षदेखि अफगानिस्तानमा तैनाथ भइ लड्दै आएका हजारौँ अमेरिकी सेनालाई फिर्ता हुने वातावरण मिलेको छ।
अफगानी तालिवान समूहले आगामी दिनमा हिंसा नगर्ने र अमेरिकी सेनाको सहयोग प्राप्त अफगान सरकारले पनि तालिबान समूहलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरी शान्तिका लागि काम गर्नेछ। रासस-सिन्ह्वा
" /> अफगानिस्तान। तालिबानी लडाकू समूहले अफगानिस्तानको दुईवटा प्रान्तमा गरेको आक्रमणमा कम्तीमा १९ अफगान सैनिक मारिएकाे सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा भएको एक आक्रमणमा परी १२ अफगान सैनिक मारिनुको अन्य चार घाइते भएका छन्। प्रान्तीय राजधानी कुन्दुज शहर बाहिर इलाकमा उत्तरी क्षेत्रमा रहेको बाघ इ सिर्कातमा रहेको सैनिक शिविरमा सो आतङ्ककारी आक्रमण भएको प्रान्तीय परिषद्का सदस्य फावजिया जवादले बताए।

">