महाकाली अस्पताल: २८ चिकित्सकको दरबन्दीमा २ जना कार्यरत्
चिकित्सकको अभावमा बिरामीहरु भारतको निजी अस्पतालमा महँगो पैसा तिरेर उपचार गराउन बाध्य छन्।
अस्पतालमा डेन्टल नवौँ तहका ७ जना मेडिकल अधिकृत, १० औँ तहका १६ जना र ११ औँ तहका ४ जनासहित २८ चिकित्सकको दरबन्दी छ।
अहिले प्रसूति रोग विशेषज्ञ हरिकुमार श्रेष्ठ र छाला रोग विशेषज्ञ शम्भु जोशी गरी २ जना मात्र कार्यरत् छन् । दरबन्दी अनुसारको चिकित्सक पदपूर्ति नभएको अस्पतालले जनाएको छ।
अस्पतालमा आएका सामान्य रोगका बिरामीबाहेक अन्यलाई उपचारका लागि बाहिर रिफर गरिंदै आएको अस्पतालका सूचना अधिकारी केशवदत्त अबस्थीले बताए।
जनशक्ति अभावमा अस्पतालका विरामी जाँचमा प्रयोग हुने उपकरणहरु पनि थन्किएका छन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्