अर्थमन्त्री खतिवडाले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं। नवनियुक्त अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शपथ लिएका छन्।

राष्‍ट्रपतिको कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित कार्यक्रममा खतिवडाले पद तथा गोपनियताको शपथ लिएका हुन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराइन्। खतिवडालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त गरेकी थिइन्।

२० फागुनमा राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपतिले मन्त्री नियुक्त गरेकी हुन्।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारका मन्त्री एवं पूर्वमन्त्रीहरू सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्