धनगढीमा बन्दको आंशिक प्रभाव
कैलाली। थरुहट/थारुवान राष्ट्रिय मोर्चाले गरेको आमहड्तालको दोश्रो दिन आज पनि तराईका जिल्लामा बन्दको आंशिक प्रभाव परेको छ ।

सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत मोर्चाले सरकारलाई दबाब दिन दुई दिन कैलाली, कञ्चनपुरसहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको थियो।

छोटो दूरीका सवारीसाधन केही संख्यामा सञ्चालन भइरहेका छन् भने लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।

धनगढीसहित विभिन्न क्षेत्रमा बजार आशिंकरूपमा खुलेका छन्।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्नेलगायतका माग राख्दै मोर्चा १ फागुनदेखि आन्दोलनमा छ।

प्रतिक्रिया दिनुहोस्