‘हिरो रिटर्न्स’ मा रेखा र सविनको एक्सन
<p>काठमाडौं। २६ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिरो रिटर्न्स’ को आज ट्रेलर सार्वजनिक भएको छ।</p>
<p>ट्रेलरमा मुख्य कलाकारहरू रेखा थापा, सविन श्रेष्ठ, सरोज खनाललाई देखाइएको छ। ट्रेलरमा एक्सन, प्रेम र बिछोडको कथा समेटिएको छ।</p>
<p>आशिष भेटवालले निर्देशन गरेको उक्त चलचित्र ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त ब्यानरमा निर्माण भएको हो। </p>
<p>शिवम अधिकारीले लेखेको चलचित्रमा कास्यप घिमिरेको छायांकन तथा मित्र डि गुरुङको सम्पादन छ। चलचित्रमा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी छ।</p>
प्रतिक्रिया दिनुहोस्
