दैलेख। दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६, छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले २० फागुनमा दैलेख जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनी फरार थिए।
जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले प्रहरीले तत्कालीन माओवादी कार्यकर्ता खड्कालाई जिल्ला अदालतमा उपस्थिति गराएपछि मुल्तवीमा रहेको कर्तव्य ज्यान मुद्दा जगाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको जानकारी दिए।
हत्या आरोपित खड्कालाई कैलालीबाट पक्राउ गरी अड्डासार गर्दै दैलेख ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताए। जिल्ला अदालत दैलेखले २१ मंसीर २०७१ मा फरार भनिएका खड्कासहित चारलाई हाजिर भएका वा पक्रिएका बखत वा अवधि पुगेपछि जगाई कारबाही र किनारा गर्ने आदेश गरेसँगै फरार उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो। २७ साउन २०६१ नौमूलेको द्वारीमा माओवादी कार्यकर्ताले मरणासन्न हुने गरी कुटेपछि सास छँदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेको आरोप लागेको छ।
लामो खोजीपछि २०६५ को वर्षायाममा नौमूले गाउँपालिकामा पर्ने साविकको द्वारी गाविस-१ स्थित नेरा निमावि नजिकको जंगलमा पत्रकार थापाको शव फेला परेको थियो। रासस
" /> दैलेख। दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये दुल्लु नगरपालिका–६, छिउडीपुसाकोटका ‘अरुण’ भन्ने बमबहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले २० फागुनमा दैलेख जिल्ला अदालतमा उपस्थित गराएपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। उनी फरार थिए।

">