लिभरपुल र चेल्सी भिड्दै
काठमाडौं (एजेन्सी)। इंग्लिस प्रिमियर लिगका दुई हस्ती लिभरपुल र चेल्सी आज राति आमनेसामने हुँदैछन्।

तर, उनीहरुको प्रतिस्पर्धा प्रिमियर लिग नभई बेलायतको अर्को प्रतिष्ठित प्रतियोगिता इमिरेट्स एफए कपमा हुनेछ।

लिभरपुल अहिले प्रिमियर लिगको शीर्षस्थानमा छ र जारी सिजनमा लिग उपाधि जित्ने सहज अवस्थामा छ। चौंथो स्थानमा रहेको चेल्सी भने शीर्ष चारभित्र रहेर अर्को बर्ष यूरोपेली च्याम्पियन्स लिगका लागि छनोट हुन संघर्षरत छ।

आज रातिको खेलमा भने यी दुवै क्लब एफए कपको क्वार्टरफाइनल प्रवेशका लागि भिड्ने छन्।

प्रिमियर लिग उपाधि जित्ने लयमा रहेको च्याम्पियन्स लिगको साविक विजेता लिभरपुल च्याम्पियन लिगमा पनि यथावत् छ। च्याम्पियन्स लिगमा उसको अन्तिम आठमा पुग्ने सम्भावना जीवितै छ।

बायर्न म्युनिखसँग घरेलु मैदानमा नमिठो हार व्यहोरेपछि चेल्सीको भने च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने सम्भावना गणितिय हिसाबले मात्र बाँकी छ।

फ्रांक लाम्पार्डको टोलीका लागि यस बर्ष उपाधि जित्ने सम्भावना बाँकी रहेको कुनै प्रतियोगिता छ भने त्यो एफए कप नै हो। तर, प्रमुख खेलाडीहरुले चोट बोक्दा लाम्पार्ड थप दबाबमा छन्।

प्रतिक्रिया दिनुहोस्