बाँके। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस भिड्ने भएका छन्।
एपीएफले न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिसले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।
पहिलो खेलमा एपीएफले न्यू डायमण्डलाई सोझो सेट पराजित गर्यो। एपीएफले २६-२४, २५-१७ र २५-१८ को सेटमा न्यू डायमण्डलाई पाखा लगायो।
पहिलो सेटमा कडा टक्कर दिएको न्यू डायमण्ड त्यसपछिको सेटमा प्रतिस्पर्धामा आउनै सकेन।
एपीएफकी पूजा चौधरी प्लेयर अफ दी म्याच घोषित भइन्।
दोस्रो खेलमा नेपाल पुलिसले आर्मीलाई ३-२ को सेटमा पराजित गर्यो। पहिलो सेट आर्मीले २५-२३ ले जित्यो।
दोस्रो र तेस्रो सेट क्रमशः पुलिसले २५-२०, २५-२१ ले जित्यो। चौथो सेट आर्मीले २५–१४ ले जित्यो। अन्तिममा पुलिसले १५-८ ले आर्मीलाई पराजित गर्दै फाइनलको यात्रा तय गर्यो।
नेपालगञ्ज रंगशालाको कभर्ड हलमा जारी प्रतियोगिताको फाइनल खेल भोलि, २१ फागुन दिउँसो २ बजे हुने आयोजकले जनाएको छ।
" /> बाँके। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता एपीएफ क्लब र नेपाल पुलिस भिड्ने भएका छन्।एपीएफले न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिसले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

">