काठमाडौं। काठमाडौंकी सुष्मा तामाङले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको लागि भएको बागमती प्रदेश छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छिन्।
सुष्मा महिला ४८ किलो ताैल समूहमा फाइनल पुग्न सफल भएकी हुन्। भक्तपुरमा जारी छनोट प्रतियोगितामा सुष्माले काभ्रेकी प्रतिशा अर्याललाई पराजित गरेकी हुन्। महिला ४८ किलो तौल समूहको दोस्रो सेमिफाइनल भाेलि, २१ फागुनमा हुनेछ।
पुरुष ५६ किलो ताैल समूहमा काठमाडौंका सविन रजकले ललितपुरका हिक्मत सिउठाने मगरलाई पराजित गरे भने सिन्धुपाल्चोकका शक्ति लामाले मकवानपुरका सूचितध्वज कार्की र रामेछापका अजय तामाङले काभ्रेका सजल महर्जनलाई हराउँदै अन्तिम चारमा स्थान बनाए।
पुरुष ६० किलो ताैल समूहमा सिन्धुपाल्चोकका अंकित शाहीले रामेछापका सोनाम शेर्पालाई तथा काठमाडौंका मौसम रानामगरले ललितपुरका सन्तोष राई हराउँदै अन्तिम चारमा स्थान बनाए। पुरुष ६४ किलो ताैल समूहमा चितवनका विवेक गुरुङले भक्तपुरका सन्जोग श्रेष्ठलाई हराउँदै अन्तिम चारमा स्थान बनाए।
पुरुषतर्फ २८ तथा महिलातर्फ १० खेलाडीको सहभागिता रहेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले बताए। प्रत्येक तौल समूहमा पहिलो हुने आठ पुरुष खेलाडी र ६ महिला खेलाडी राष्ट्रिय प्रतियोगताका लागि छनोट हुने श्रेष्ठकाे भनाइ छ।
" /> काठमाडौं। काठमाडौंकी सुष्मा तामाङले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको लागि भएको बागमती प्रदेश छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छिन्।सुष्मा महिला ४८ किलो ताैल समूहमा फाइनल पुग्न सफल भएकी हुन्। भक्तपुरमा जारी छनोट प्रतियोगितामा सुष्माले काभ्रेकी प्रतिशा अर्याललाई पराजित गरेकी हुन्। महिला ४८ किलो तौल समूहको दोस्रो सेमिफाइनल भाेलि, २१ फागुनमा हुनेछ।

">