काठमाडौं। दिनेश राईले शुरूमै गरेको गोलमा सातदोबाटो युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबविरुद्ध १-० को विजय हासिल गरेको छ।
सातदोबाटो यो लगातार तेस्रो जित हो।
जितसँगै सातदोबाटो युथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। सातदोबाटो युथको नौ अंक छ। बाँसबारी क्लबको पनि समान नौ अंक छ।
तर, गोलअन्तरका आधारमा बाँसबारी शीर्ष स्थानमा रहेको हो। श्री कुमारीको भने यो दोस्रो हार हो। एक खेलमात्र खेलेको श्री कुमारी नवौं स्थानमा छ।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा दिनेशले १४औं मिनेटमा गरेको गोल सातदोबाटो युथलाई जिताउन पर्याप्त बन्यो।
पासाङ लामाले दिएको पासमा दिनेशले विपक्षी तीन रक्षकलाई छलाएर १८ यार्डबाट हानेको प्रहारलाई श्री कुमारीका गोलकिपर अनिश देउलाले रोक्न सकेनन्।
‘बी’ डिभिजन लिगमा १२ टोलीले प्रतिस्पर्धा गरेका छन्। शीर्ष एक क्लब ‘ए’ डिभिजनमा उक्लने छ भने पुछारको एक क्लब ‘सी’ डिभिजनमा घटुवा हुनेछ।
" /> काठमाडौं। दिनेश राईले शुरूमै गरेको गोलमा सातदोबाटो युथ क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबविरुद्ध १-० को विजय हासिल गरेको छ।सातदोबाटो यो लगातार तेस्रो जित हो।

">