काठमाडौं। पत्रकार फूलमान वलको निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौं राइजिङ मलस्थित क्युएफएक्सको हलमा आज ट्रेलर सार्वजनिक गरिएको हो। चलचत्रि ७ चैतबाट प्रदर्शनमा आउँदैछ।
२०७२ सालमा गएको विनाशकारी भूकम्पपछिको घटनालाई चलचित्रमा प्रस्तुत गरिएको छ। निर्देशक फूलमान बलले ‘नीरफूल’ मा भूकम्पका कारण भत्किएका घरहरू भन्दा भत्किएका मनहरूको कथा समेटिएको बताए।
चलचित्रकर्मीहरूमाथि समाजको कथा बोल्न सकेनन् भन्ने आरोप लाग्ने गरेको भन्दै उनले भने, “नीरफूलले समाजको कथा बोलेको छ। समाजको यथार्थ उतार्न खोज्दा यो चलचित्र आएको हो।”
उनले भूकम्पका कारण परेको मानसिक आघातको कथा चलचित्रमा समेटिएको जनाए। भने, “हामीले भूँइचालोमा घर भत्किएको देख्यौं। भग्नावशेषहरू देख्यौं। तर, मनहरू भत्किएको देखेनौं। सम्बन्धहरू भत्किएको देखेनौं। समवेदनाहरू भत्किएको देखेनौं। यो घर भत्किएको कथा होइन्, मन भत्किएको कथा हो।”
दुई वर्ष लगाएर सुटिङ
चलचित्रको सुटिङ दुई वर्ष लगाएर गरिएको छ। धादिङको रुवी भ्यालीलाई केन्द्रमा राखेर चलचित्रको सुटिङ गरिएको थियो। रुवी भ्यालीमा तीस दिनका लागि सुटिङ तालिका तय भएको थियो। तर, ५६ दिन लगाएर सुटिङ सकिएको निर्देशक वलले बताए।
विभिन्न कारणले गर्दा सुटिङ सकिएको डेढ वर्षपछि मात्रै चलचित्र प्रदर्शनमा आउन लागेको हो।
दोहोर्याएर चलचित्रको सुटिङ गर्नुपर्दा केहि ढिलाइ भएको बताउँदै उनले भने, “सामान्यतया एक चलचित्र निर्माण गर्न दुई वर्ष लाग्नु स्वभाविक मानिन्छ। तर, हामी ६ महीना ढिला भयौं।”
चलचित्रका मुख्य कलाकार समेत रहेको अभिनेता दयाहाङ राईले यो चलचित्र भूकम्पबाट बाँचेको समयको कथा भएको बताए। भने, “यसमा भूकम्पले भत्किएका घर, क्षति भएको भौतिक सम्पत्तिको कथा छैन। यो त भूकम्पपछि बाँच्नेहरूले भोगेको समस्याको कथा हो।”
‘नीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायत कलाकारको अभिनय छ।
" /> काठमाडौं। पत्रकार फूलमान वलको निर्देशनमा बनेको चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौं राइजिङ मलस्थित क्युएफएक्सको हलमा आज ट्रेलर सार्वजनिक गरिएको हो। चलचत्रि ७ चैतबाट प्रदर्शनमा आउँदैछ।२०७२ सालमा गएको विनाशकारी भूकम्पपछिको घटनालाई चलचित्रमा प्रस्तुत गरिएको छ। निर्देशक फूलमान बलले ‘नीरफूल’ मा भूकम्पका कारण भत्किएका घरहरू भन्दा भत्किएका मनहरूको कथा समेटिएको बताए।

">