राष्ट्रपतिले गरिन् प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छिन्।

राष्ट्रपतिले आज ट्वीट गर्दै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपनको लागि भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेकी हुन्।

उनले ट्वीटमा भनेकी छिन, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हुन गइरहेको मिर्गौला पत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्नको लागि २१ फागुनको विहान नौ बजे शल्यक्रिया गरिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बताएको छ।

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुन गइरहेको मृगौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) March 3, 2020

प्रतिक्रिया दिनुहोस्