काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आज विशेष अदालतमा उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

२०७२ मा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीमा कार्यरत रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

त्यहाँ कार्यरत रहेको समयमा उनले नामै नभएका कर्मचारीको तलबभत्ता र रासन आफैंले बुझेर राज्यकोषको दुरूपयोग गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

पूर्वडीआईजी शाहसँग अख्तियारले यसअघि पटक-पटक बयान लिइसकेको छ। शाहले गत माघ महीनामा नेपाल प्रहरीको डीआईजीबाट अवकाश पाएका थिए।

अख्तियारले जारी गरेको विज्ञप्तिअनुसार शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

२७ वैशाख २०७२ मा भर्ना भएका प्रहरी जवानको २२ पुस २०७२ मा तालिम समापन भएको थियो। त्यस समयमा प्रहरी प्रधान कार्यालयले ११ माघमा सो महिनादेखिको तलबभत्ता सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निकासा गरेको थियो। तर, तालिम समापन भई पासआउट भएका सबै प्रहरी जवानहरूको सरुवा भइसकेको अवस्थामा तत्कालीन डीआईजीसहितका चारजनाको मिलेमतोमा अन्यत्र सरुवा भइसकेका प्रहरी जवानहरूको माघ र फागुन महीनाको तलब भत्ता खर्च लेखी नगद निकालेर हिनामिना गरेको आरोप शाहमाथि लागेको छ।

आर्थिक वर्ष ०७२/०७३ मा कार्यालय प्रमुखको रूपमा कार्यरत रहँदा माघ महीनाको तलब/भत्ता खान पाउने गरी सरुवा भएका १०३ जना प्रहरी जवानहरूको माघ र फागुन महीनाको तलब भत्ता ३१ लाख ८८ हजार ४६८ र १८ माघ २०७२ को प्रहरी प्रधान कार्यालयको पत्रले ३ माघ ०७२ बाट तलब भत्ता खान पाउने गरी १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको नयाँ नियुक्ति भएकोमा १ माघ ०७२ बाट नै तलबभत्ता निकालेर १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको दुई दिनको बढी रकम एकलाख ४९ हजार ६१६ गरेर ३३ लाख ३८ हजार ८४ रूपैयाँ भरपाइमा कीर्ते दस्तखत गरी बदनियतसाथ हिनामिना गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले शाहलगायतका प्रहरी अधिकारीले ३३ लाख ३८ हजार ८४ रूपैयाँ भ्रष्टाचार र हिनामिना गरेको प्रमाणित भएको दाबी लिएको छ। भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम सजाय गर्न र हिनामिना भएको बिगो रकम असूलउपर गर्न अख्तियारले दाबी लिएको छ।

तत्कालीन कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जीव बिशंखेले मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको लेखापरीक्षण गरेका थिए। उनले प्रहरी कर्मचारीहरूको तलब, भत्ता तथा कट्टी रकमसमेतको भरपाइमा सरुवा भएका प्रहरी कर्मचारीको नाम उल्लेख गरी खर्च लेखेर सरकारी रकम हिनामिना गरेको देख्दादेख्दै पनि लेखा परीक्षण प्रतिवेदनमा उक्त विषय उल्लेख गरेका थिएनन्। व्यक्तिगत लाभका लागि बदनियतपूर्वक तथ्यहरू लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै उनीविरुद्ध पनि आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

"> पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर: Dekhapadhi
पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिक्रिया दिनुहोस्