काठमाडौं। २९ मंसीरमा निधन भएका केशव भट्टराईको परिवारलाई नायिका करिश्मा मानन्धरले आर्थिक सहयोग गरेकी छन्। उनले एक लाख १०१ रूपैयाँ चलचित्र निर्देशक समाजमार्फत् सहयोग गरेकी हुन्।
करिश्माले हरेक वर्ष आफ्नो घरमा होली कार्यक्रमको आयोजना गर्दै आएकी थिइन्। गत वर्ष एसईई परीक्षाका कारण होली कार्यक्रम थिएन। यो वर्ष पनि विश्वव्यापीरूपमा देखिएको कोरोना भाइरसका कारण स्थगित गरेकी छन्।
होलीमा गर्ने खर्च भट्टराईको परिवारलाई सहयोग गरेकी हुन्। करिश्मा र उनका श्रीमान विनोद मानन्धरले आज उक्त रकम निर्देशक दिपाश्री निरौलालाई हस्तान्तर गरे।
त्यस्तै, स्वर्गिय केशव भट्टराईको परिवारलाई अमेरिकाबाट पनि आर्थिक सहयोग भइरहेको छ। निर्देशक नारायण पुरी, गोपालचन्द्र लामिछाने, दिनेश कार्की, किशोर सुब्बा, अक्की शर्मा, यादव सिलवाल, विसी फुँयाल र सुमन दाहालले सहयोग गरेका छन्।
चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका भट्टराईको निधनपछि परिवारमा आर्थिक संकट आएको थियो। चलचित्र निर्माण गर्ने क्रममा निकालेको ऋण तिर्न नसक्दा उनको परिवार बिचल्लीमा परेको थियो।
" /> काठमाडौं। २९ मंसीरमा निधन भएका केशव भट्टराईको परिवारलाई नायिका करिश्मा मानन्धरले आर्थिक सहयोग गरेकी छन्। उनले एक लाख १०१ रूपैयाँ चलचित्र निर्देशक समाजमार्फत् सहयोग गरेकी हुन्।करिश्माले हरेक वर्ष आफ्नो घरमा होली कार्यक्रमको आयोजना गर्दै आएकी थिइन्। गत वर्ष एसईई परीक्षाका कारण होली कार्यक्रम थिएन। यो वर्ष पनि विश्वव्यापीरूपमा देखिएको कोरोना भाइरसका कारण स्थगित गरेकी छन्।

">