काठमाडौं। ‘कृ’ बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकीको हातमा लामो समयपछि नयाँ चलचित्र परेको छ। पछिल्लो समय मुम्बइमा बस्दै आएकी अदिती नयाँ चलचित्रकै लागि नेपाल आएकी छन्।
‘कृ’ चलचित्रका निर्देशक सुरेन्द्र पौडेलकाे निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘बेन्जो’ मा अदितीले काम गर्न लागेकी हुन्।
अदितीले गायक नितेशजंग कुँवरसँग चलचित्रमा वर्कसप गर्दैछिन्। नितेशजंग पछिल्लो समय युवा पुस्तामा निकै चर्चित छन्। उनले यसै चलचित्रबाट डेब्यू गर्न लागेका हुन्।
यसको घोषणा केही दिनमा गरिने निर्माण पक्षले जनाएको छ। युवा पुस्तामा रुचाइएकी अदितीले पनि पहिलो चलचित्रबाट राम्रो प्रतिक्रिया पाएकी थिइन्।
पछिल्लो समय बलिडउमा इन्ट्री मार्ने तयारीमा रहेकी अदितीलाई भारतीय मिडियाले सन्नी लियोनीसँग तुलना गर्दै आएका छन्। केही महीनाअघि भारतीय अनलाइन मिडिया ‘एबीपी न्युज’ ले उनको नाम सन्नीसँग जोड्दै चर्चा गरेको थियो। उसले सन्नी लियोनी जस्तो बोल्ड हिरोइनको संज्ञा दिएको थियो।
अदिती सामाजिक सञ्जालमा बोल्ड तस्वीरका कारण चर्चामा छिन्। उनले विशेषगरी इस्टाग्राममा बोल्ड तस्वीर शेयर गर्दै आएकी छन्।
लामो समयदेखि नेपाली फिल्ममा नदेखिएकी अदिती केही भारतीय म्युजिक भिडिओमा अभिनय गर्नुका साथै मोडलिङमा समेत स्थापित भइसकेकी छिन्। उनी भारतीय र्यापर अलिम मोरानीसँग प्रेममा रहेको पनि चर्चा चलिरहेको छ। तर, उनले यसबारे कुनै प्रतिक्रिया जनाएकी छैनन्।
" /> काठमाडौं। ‘कृ’ बाट चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका अदिती बुढाथोकीको हातमा लामो समयपछि नयाँ चलचित्र परेको छ। पछिल्लो समय मुम्बइमा बस्दै आएकी अदिती नयाँ चलचित्रकै लागि नेपाल आएकी छन्।‘कृ’ चलचित्रका निर्देशक सुरेन्द्र पौडेलकाे निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘बेन्जो’ मा अदितीले काम गर्न लागेकी हुन्।

">