बागमती प्रदेशकाे लोकसेवा आयोग विधेयक प्रमाणीकरण <p>हेटाैंडा। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले बागमती प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई आज प्रमाणीकरण गरेका छन्।&nbsp;</p> <p>बागमती प्रदेश सभाको बैठकले केही दिनअघि सो विधेयकलाई पारित गरी पठाएअनुसार उनले प्रमाणीकरण गरेकाे प्रदेश प्रमुख सचिवालयका प्रवक्ता राजेश तामाङले जानकारी दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्