काठमाडाैं। सरकारले आगामी २०-२२ चैतमा काठमाडाैंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ।

राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सगरमाथा संवादकाे आयोजना गर्न लागिएकाे थियाे।

मन्त्रिपरिषद्को निर्णयानुसार ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ शीर्षकमा पहिलो संवादको शृङ्खला आरम्भ गर्न प्रारम्भिक एवं व्यवस्थापकीय तयारी प्रायः पूरा भइसकेका बेला विश्वव्यापीरूपमा नै कोरोना भाइरस सक्रमणको त्रास बढेकाले १८ फागुनको मन्त्रिपरिषद् बैठकले विश्वस्तरको उक्त संवादका सबै कार्यक्रम स्थगन गरेको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज आफ्नै मन्त्रालयमा पत्रकारमाझ भने, “१० देशबाट उच्च राजनीतिकस्तर, २० राष्ट्रका नीतिनिर्माणको उच्च तहमा रहेका पदाधिकारी, विश्वविद्यालय, शोध तथा अनुसन्धान प्रतिष्ठानका विद्वान्विदुषी, संयुक्त राष्ट्रसङ्घ र त्यसका विशिष्टिकृत निकाय र अन्तरराष्ट्रिय सङ्घसंस्थाका उच्च अधिकारीले संवादमा सहभागी हुन निश्चित गर्नुभएकामा हामी उत्साहित थियौँ तर विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को उच्च जोखिममा नेपाल पनि परेको घोषणा गर्दै विशेष सतर्कता अपनाउन आह्वान गरेकाले हाललाई सगरमाथा संवादका सम्पूर्ण कार्यक्रम स्थगन भएको जानकारी गराउँछु।”

सरकारले निकट दुवै छिमेकी, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक), ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरेको थियो। रासस

" /> काठमाडाैं। सरकारले आगामी २०-२२ चैतमा काठमाडाैंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ।

राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सगरमाथा संवादकाे आयोजना गर्न लागिएकाे थियाे।

मन्त्रिपरिषद्को निर्णयानुसार ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ शीर्षकमा पहिलो संवादको शृङ्खला आरम्भ गर्न प्रारम्भिक एवं व्यवस्थापकीय तयारी प्रायः पूरा भइसकेका बेला विश्वव्यापीरूपमा नै कोरोना भाइरस सक्रमणको त्रास बढेकाले १८ फागुनको मन्त्रिपरिषद् बैठकले विश्वस्तरको उक्त संवादका सबै कार्यक्रम स्थगन गरेको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज आफ्नै मन्त्रालयमा पत्रकारमाझ भने, “१० देशबाट उच्च राजनीतिकस्तर, २० राष्ट्रका नीतिनिर्माणको उच्च तहमा रहेका पदाधिकारी, विश्वविद्यालय, शोध तथा अनुसन्धान प्रतिष्ठानका विद्वान्विदुषी, संयुक्त राष्ट्रसङ्घ र त्यसका विशिष्टिकृत निकाय र अन्तरराष्ट्रिय सङ्घसंस्थाका उच्च अधिकारीले संवादमा सहभागी हुन निश्चित गर्नुभएकामा हामी उत्साहित थियौँ तर विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को उच्च जोखिममा नेपाल पनि परेको घोषणा गर्दै विशेष सतर्कता अपनाउन आह्वान गरेकाले हाललाई सगरमाथा संवादका सम्पूर्ण कार्यक्रम स्थगन भएको जानकारी गराउँछु।”

सरकारले निकट दुवै छिमेकी, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक), ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरेको थियो। रासस

"> कोरोना भाइरस संक्रमणकाे त्रास बढेपछि सगरमाथा संवाद स्थगितः परराष्ट्रमन्त्री ज्ञवाली: Dekhapadhi
कोरोना भाइरस संक्रमणकाे त्रास बढेपछि सगरमाथा संवाद स्थगितः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडाैं। सरकारले आगामी २०-२२ चैतमा काठमाडाैंमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ।

राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषयमा सघन बहस र छलफल गर्ने उद्देश्यले सगरमाथा संवादकाे आयोजना गर्न लागिएकाे थियाे।

मन्त्रिपरिषद्को निर्णयानुसार ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ शीर्षकमा पहिलो संवादको शृङ्खला आरम्भ गर्न प्रारम्भिक एवं व्यवस्थापकीय तयारी प्रायः पूरा भइसकेका बेला विश्वव्यापीरूपमा नै कोरोना भाइरस सक्रमणको त्रास बढेकाले १८ फागुनको मन्त्रिपरिषद् बैठकले विश्वस्तरको उक्त संवादका सबै कार्यक्रम स्थगन गरेको हो।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज आफ्नै मन्त्रालयमा पत्रकारमाझ भने, “१० देशबाट उच्च राजनीतिकस्तर, २० राष्ट्रका नीतिनिर्माणको उच्च तहमा रहेका पदाधिकारी, विश्वविद्यालय, शोध तथा अनुसन्धान प्रतिष्ठानका विद्वान्विदुषी, संयुक्त राष्ट्रसङ्घ र त्यसका विशिष्टिकृत निकाय र अन्तरराष्ट्रिय सङ्घसंस्थाका उच्च अधिकारीले संवादमा सहभागी हुन निश्चित गर्नुभएकामा हामी उत्साहित थियौँ तर विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को उच्च जोखिममा नेपाल पनि परेको घोषणा गर्दै विशेष सतर्कता अपनाउन आह्वान गरेकाले हाललाई सगरमाथा संवादका सम्पूर्ण कार्यक्रम स्थगन भएको जानकारी गराउँछु।”

सरकारले निकट दुवै छिमेकी, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक), ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय र साना सामुद्रिक टापुका मुलुकलाई संवादमा सहभागी हुन आमन्त्रण गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्