काठमाडाैं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा छुटेको सेवाग्राहीको १० तोला सुन र ३ थान ल्यापटप खोजी गरेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।
१८ फागुन बेलुका कपन हुँदै गल्फुटारसम्म यात्रा गर्ने क्रममा नम्बर नखुलेको ट्याक्सीमा छुटेको १० तोला सुन फेला पारेर आज बुझाएको छ।
गल्फुटार बस्ने मञ्जु लिब्बुले निवेदन दिएपछि महाशाखाले सीसीटीभी मार्फत् खोजतलास गर्दा बा २ ज ११५३ नम्बरको ट्याक्सीमा छुटेको सामान फेला पारेर हस्तान्तरण गरेको हो।
यस्तै, १८ फागुन बेलुका नै नेपाल विकास अनुसन्धान प्रतिष्ठानबाट पुल्चोकसम्म जाने क्रममा बा १ ज १४९४ नम्बर भाडा कारमा ३ वटा ल्यापटप छुटेको पनि खोजी गरेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ।
प्रतिष्ठानका अधिकृत मनिषा रायमाझीले ट्राफिक कन्ट्रोल रूमको हटलाईन १०३ फोन गरेर जानकारी दिएपछि महाशाखाले खोजी गरेको थियो।
महाशाखाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले महाशाखामा रहेको खोजतलास शाखाले चोरी भएका, हराएका विभिन्न सवारीसाधनसहित अन्य सामानहरू फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाउँदै आएको बताए।
" /> काठमाडाैं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्याक्सीमा छुटेको सेवाग्राहीको १० तोला सुन र ३ थान ल्यापटप खोजी गरेर सम्बन्धित व्यक्तिलाई बुझाएको छ।१८ फागुन बेलुका कपन हुँदै गल्फुटारसम्म यात्रा गर्ने क्रममा नम्बर नखुलेको ट्याक्सीमा छुटेको १० तोला सुन फेला पारेर आज बुझाएको छ।

">