क्वारेन्टाइनमा राखिएका विद्यार्थी आज घर जाँदै
काठमाडौं। चीनको वुहान शहरबाट ल्याएर क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना नेपाली विद्यार्थी आज घर फर्किदै छन्।

उनीहरूमा कोरोना भाइरसको संक्रमण नभएको रिपोर्ट आएकाले आज एक कार्यक्रम आयोजना गरि बिदाई गरिँदैछ। क्वारेन्टाइनमा राख्ने अवधि १४ दिन भए पनि मेडिकल रिपोर्ट आउन दुई दिन लागेकाले आज १६ औं दिनमा उनीहरूलाई घर पठाउन लागिएको हो।

४ फागुनमा चीनको वुहानबाट उनीहरूलाई सरकारले नेपाल वायु सेवा निगमको एक जहाजबाट नेपाल ल्याएको थियो। उनीहरूलाई नगरकोटको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको थियो।

“अन्तिम रिपोर्ट आज १२ बजे आइपुग्यो, सबै विद्यार्थीमा ‘नेगेटिभ’ देखिएको छ, त्यसैले आज हामी बिदाई गर्दैछौं”, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस्