भारतको झारखण्डमा भएको सामूहिक बलात्कार मुद्दामा ११ जनालाई जन्मकैद
काठमाडौं। भारतको झारखण्डमा कानून विषय पढिरहेकी एक आदिवासी छात्रामाथि भएको सामूहिक बलात्कार मुद्दाका ११ अभियुक्तलाई जन्मकैदको फैसला सुनाइएको छ।

राँची अदालतले अभियुक्तहरू कुलदीप उरांव, सन्दीप तिर्की, अजय मुण्डा, राजन उरांव, नवीन उरांव, अमर उरांव, सन्त कच्छप, रवि उरांव, सुनील मुन्डा, ऋषि उरांव र रोहित उरांवलाई जन्मकैदको फैसला सुनाएको हो।

अर्का एक अभियुक्त १८ वर्षभन्दा कम उमेरको भएकाले उनीबारे बाल न्यायिक समितिले निर्णय गर्नेछ।

यो मुद्दाको सुनुवाइ लगातार ४६ दिनसम्म चलेको थियो। सुनुवाइका क्रममा २१ साक्षी प्रस्तुत गरिएको थियो। अदालतले २६ फेब्रुअरीमा ११ अभियुक्तलाई दोषी ठहर गरेको थियो।

यो मुद्दाको वकालत गरिरहेका सरकारी वकील एके सिंहका अनुसार ती अभियुक्तहरूले २६ नोभेम्बर २०१९ साँझ ती युवतीको अपहरण गरेर बलात्कार गरेका थिए।

यसरी भयाे घटना

घटना भएको साँझ पीडित आफ्ना साथीसँग कानून विश्वविद्यालय नजिकै रहेको संग्रामपुर गाउँको रिङरोडस्थित बस स्टपमा बसेकी थिइन्।

त्यही बेला बाइकमा पुगेका दुई युवकले उनीहरूलाई अश्लील शब्द प्रयोग गरेर जिस्काए। त्यसपछि उनको साथीलाई कुटपिट गरे। अपहरणका क्रममा बाइकको पेट्रोल सकिएपछि अर्का तेस्रो युवकको कारमा बसाएर पीडितलाई सुनसान ठाउँमा लगेर बलात्कार गरे।

त्यसपछि उनीहरूले अरू साथीहरूलाई बोलाएर बलात्कार गराएको पीडितले अदालतमा बयान दिएकी थिइन्। बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्