इपीएलमा अर्को ठूलो नाम 'कोरी एन्डरसन'
काठमाडौं। एभरेष्ट प्रिमियर लिग (इपीएल) को २०२० सिजनका लागि काठमाडौं किंग्स-११ ले न्युजल्यान्डका आक्रमक ब्याट्सम्यान कोरी एन्डरसनलाई ल्याउने भएको छ।

काठमाडौं किंग्सले आज न्युजल्यान्डका ब्याटिङ अलराउन्डर एन्डरसनलाई अनुबन्ध गरेको जनाएको छ।

‘‘एन्डरसन विश्व क्रिकेटकै आक्रमक ब्याट्सम्यानमध्येका एक हुन्। आइपीएलमा लामो अनुभव बटुलेका एन्डरसनको आगमनले हाम्रो टीम अझ बलियो बनेको छ,’’ काठमाडौं किंग्सका प्रमुख कार्यकारी अधिकृत राजजंग थापाले भने।

एन्डरसनले जनवरी २०१४ मा वेष्ट इन्डिजविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा चाडो शतक बनाउने कीर्तिमान बनाएका थिए।

१३१ रनमा अविजित रहेका एन्डरसनले ३६ बलमा १४ छक्का र ६ चौका हान्दै शतक बनाएका थिए।

उनले १९९६ मा शाहिद अफ्रिदीले बनाएको कीर्तिमान तोडेका थिए। अफ्रिदीले ३७ बलमा शतक बनाएका थिए।

एन्डरसनको कीर्तिमानलाई जनवरी २०१५ मा दक्षिण अफ्रिकाका एबी डी भिलियर्सले तोडेका थिए।

डी भिलियर्सले वेष्ट इन्डिजविरुद्ध ३१ बलमा शतक बनाएका थिए।

एन्डरसनले १३ टेष्ट क्रिकेटमा ६८३ रन बनाएका छन् भने १६ विकेट लिएका छन्। उनले ४९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ हरजा १०९ रन बनाएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ६० विकेट लिइसकेका छन्।

३१ ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एन्डरसनले ४८५ रन तथा १४ विकेट लिएका छन्।

इपीएलमा यसअघि क्रिस गेल, ड्वानी स्मिथ, उपुल थरंगाजस्ता खेलाडी खेल्ने पक्का भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्