काठमाडौं। ट्रेन्ट बोल्ट र टीम साउथीले भारतको तल्लोक्रमका ब्याट्सम्यानलाई आउट गर्नुका साथै ओपनरद्धय टम लाथम र टम ब्लुनडेलले अर्धशतक बनाएपछि तेस्रो दिनमै न्युजिल्यान्डले भारतविरुद्धको दोस्रो टेष्टमा सात विकेटको विजय हासिल गरेको छ।
क्राइष्टचर्चस्थित हागले ओभलमा भारतले ९०–६ को स्थितिबाट तेस्रो दिन थालेको थियो। भारतका हुनामा बिहारी पाँच तथा रिसब पन्त एक रनको स्थितिमा थिए। बिहारीले थप चार रन जोड्दा साउथीको बलमा विकेटकिपर विजे वाट्लिङमार्फत क्याच भए। थप तीन रन जोड्दा पन्त पनि बोल्टको बलमा विकेटकिपर वाटलिङमार्फत नै क्याच भए।
रविन्द्र जडेजा १६ रनमा अविजित रहँदा मोहम्मद शामी पाँच तथा जसप्रित बुमराह चार रनमा आउट भए। दोस्रो इनिङमा साउथीले तीन तथा बोल्टले चार विकेट लिए। पहिलो इनिङमा दुबैले समान दुई विकेट लिएका थिए। पहिलो इनिङमा पाँच विकेट लिएका केली ज्यामिनसनले दोस्रो इनिङमा विकेट लिन सकेनन्।
१३२ रनको लक्ष्य न्युजिल्यान्डले तीन विकेट गुमाएर पुरा गर्यो। ओपनर लाथमले ५२ तथा ब्लुनडेलले ५५ रन बनाए। कप्तान केन विलियम्सन पाँच रनमा पवेलियन फर्किदा रोज टेलर र हेनरी निकोलस समान पाँच रनमा अविजित रहे।
भारतले पहिलो इनिङमा २४२ तथा दोस्रो इनिङमा १२४ रन बनाएको थियो। न्युजिल्यान्डले पहिलो इनिङमा २३५ रन बनाएको थियो। पहिलो टेष्टमा भारत दश विकेटले पराजित भएको थियो। यससँगै दुई खेलको टेष्ट शृंखलामा न्युजिल्यान्डले क्लिनस्विप गरेको छ।
त्यसअघि तीन एक खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि न्युजिल्यान्डले क्लिनस्विप गरेको थियो। पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला भने भारतले क्लिनस्विप गरेको थियो।