शुरू भयो यस वर्षको प्रि-मनसुन, तीन महीना मौसम बदली भइरहने
काठमाडौं। यस वर्षको प्रि-मनसुन शुरू भएको छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा प्रि-मनसुन भित्रने सरदर समय १ मार्च हो।

मार्चदेखि शुरू हुने प्रि-मनसुन सामान्यतया मे महीना (तीन महीना) सम्म जारी रहने मौसमविद् गंगा नगरकोटीले देखापढीलाई जानकारी दिइन्।

उनका अनुसार यस अवधिमा अवधिमा स्थानीय वायुको सक्रियता बढ्ने भएकोले मौसम फेरबदल भइरहन्छ।

"पश्चिमी वायुको प्रभाव कम हुने यस अवधिमा स्थानीय वायुको प्रभावले मौसममा निकै उतारचढाब आउँछ", नगरकोटीले भनिन्।

प्रि-मनसुनको समयमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने र असिना-पानीसमेत आउनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रि मनसुनसँगै तापक्रम पनि क्रमश: बढ्दै जान्छ।

प्रतिक्रिया दिनुहोस्