काठमाडौं। दुई पटक पछि गरेको स्थिति उल्टाउँदै उल्भरह्याम्पटनले आज इङ्लिस प्रिमियर लिगमा टोटेनह्याममाथि ३–२ को विजय हासिल गरेको छ।
जितसँगै उल्भरह्याम्पटनले शीर्ष चारमा रहेर अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने आशा कायमै राखेको छ। जितसँगै उल्भरह्याम्पटन छैटौं स्थानमा उक्लिएको छ। उल्भरह्याम्पटनको ४२ अंक छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग बराबरी हो भने चौथो स्थानको चेल्सीभन्दा तीन अंकले मात्र पछाडी हो।
उत्तरी लन्डनको भ्रमण गरेको उल्भरह्याम्पटनले दुई पटक पछि गरेको स्थिति उल्टाएको हो। घरेलु टीम टोटेनह्यामले १३औं मिनेटमा अग्रता लिएको थियो। टोटेनह्यामले स्टेभन बर्गविजनको गोलबाट अग्रता लिएको हो। २७औं मिनेटमा उल्भरह्याम्पटनका म्याट डोहार्टीले बराबरी गोल फर्काए।
पहिलो हाफको अन्तिम मिनेटमा सेर्गी औरियरको गोलबाट टोटेनह्यामले पुनः अग्रता लियो। डिले अलीले गोलको राम्रो मौका गुमाउँदा टोटेनह्याम ३–१ को अग्रता लिनबाट चुक्यो।
५७औं मिनेटमा उल्भरह्याम्पटनका डिएगो जोताले फेरी बराबरी गोल फर्काए। जोताकै पासमा राउल जिमिनेजले ७३औं मिनेटमा गरेको गोल उल्भरह्याम्पटनको जितमा निर्णायक बन्यो।
तथापी टोटेनह्यामका प्रशिक्षक जोजे माउरिन्होले आफ्नो टीम जितको हकदार रहेको बताए। उनले भने, ‘‘हामी हारका लायक थिएनौं। उल्भरह्याम्पटनले काउन्टर अट्याकमा राम्रो खेल्यो। हामी जितको हकदार थियौं,तर नतिजा त्यस्तो आएन।’’
सबै खाले प्रतियोगितामा गरेर टोटेनह्यामको यो लगातार तेस्रो हार हो। गत वर्षको मार्चपछि टोटेनह्यामले लगातार तीन खेल हारेको यो पहिलो पटक हो। त्यस्तै माउरिन्होको प्रशिक्षण करियरमा लगातार तीन खेलमा पराजित भएको यो चौथो पटक हो। यसअघि माउरिन्हो पोर्टो, चेल्सी र म्यानचेस्टर युनाइटेडमा हुदाँ पनि लगातार तीन खेलमा पराजित भएका थिए।