प्रधानमन्त्री कप भलिबलः एपीएफ र पुलिस विजयी
बाँके। प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी शुरुआत गरेका छन्।

उद्घाटन खेलमा एपीएफले नेपाली सेनालाई ३–१ सेटमा पराजित गरेको  हो।

पहिलो सेटमा पराजित भएको एपीएफले त्यसपछि लगातार तीन सेट जितेको थियो।

अर्को खेलमा नेपाल पुलिस क्लबले न्यू डायमण्डलाई सोझो सेटमा पराजित गरेको छ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे। यो प्रतियोगिताको छैटौं संस्करण हो।

प्रतियोगितामा पाँच टीमको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्