धनगढी। धनगढीमा जारी सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप चाैंथो संस्करणको दोस्रो सेमिफाइनलमा थ्री स्टारलाई १–० को नतिजा सुम्पिएको हिमालयन शेर्पाका प्रशिक्षक सुशिल तामाङले भाग्यले साथ नदिएको बताएका छन्।
धनगढी रंगशालामा आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ। थ्री स्टारले अब २० फागुनमा हुने फाइनलमा आयोजक सुदूरपश्चिम–११ विरुद्ध खेल्नेछ।
सुदूरपश्चिम–११ ले १७ फागुनमा विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्बललाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
हिमालयन शेर्पाका प्रशिक्षक तामाङले राम्रो प्रदर्शन गरे पनि नतिजा हात पार्न नसकेको बताए।
“राम्रो प्रदर्शन गर्दागर्दै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनौं,” तामाङले भने, “हामीले गोलका केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौं। थ्री स्टारले एउटा अवसर पायो र त्यसको सदुपयोग गर्‍यो। हामीलाई आज भाग्यले साथ दिएन।”
आशिष राईले २४औं मिनेटमा गरेको गोल थ्री स्टारलाई उपाधि जिताउन पर्याप्त बन्यो। आशिषले अशोक खवासको कर्नरलाई हेडमार्फत् पोस्टको दिशा दिएका हुन्।
‘ए’ डिभिजन लिगका दुबै टीमले विपक्षी पोष्टमा आक्रमण बुन्न सकेनन्। दुबै टीम विशेष गरी मिडफिल्डमै व्यस्त भए।
नवौं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिने अवसर पाएको थियो। तर, त्रिदेव गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। पहिलो हाफको अन्तिममा थ्री स्टारका कप्तान विक्रम लामाले राम्रोसँग बल क्लियर गर्न नक्दा रिबाउन्डमा प्राप्त गरेको बलमा रञ्जन पुनले हानेको प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए।
“आज हिलमालयन शेर्पाले राम्रो प्रदर्शन गर्‍यो। तथापी, हामी पाएको अवसर सदुपयोग गर्न सफल भयौं,” थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, “हामीलाई जित आवश्यक थियो, धेरै गोल होइन। त्यसैले टीमको प्रदर्शनबाट सन्तुष्ट छु। हामीले रक्षात्मक रणनीति अपनाएका थियौं। जुन सफल पनि भयो।”
थ्री स्टारका प्रशिक्षक केसीले फाइनलमा सुधारिएको प्रदर्शन गर्ने बताए।
प्रतियोगिताको विजेतालाई २१ लाख १ रूपैयाँ तथा उपविजेतालाई १० लाख १ रूपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।
" /> धनगढी। धनगढीमा जारी सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप चाैंथो संस्करणको दोस्रो सेमिफाइनलमा थ्री स्टारलाई १–० को नतिजा सुम्पिएको हिमालयन शेर्पाका प्रशिक्षक सुशिल तामाङले भाग्यले साथ नदिएको बताएका छन्।
धनगढी रंगशालामा आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ। थ्री स्टारले अब २० फागुनमा हुने फाइनलमा आयोजक सुदूरपश्चिम–११ विरुद्ध खेल्नेछ।
सुदूरपश्चिम–११ ले १७ फागुनमा विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्बललाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
हिमालयन शेर्पाका प्रशिक्षक तामाङले राम्रो प्रदर्शन गरे पनि नतिजा हात पार्न नसकेको बताए।
“राम्रो प्रदर्शन गर्दागर्दै पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनौं,” तामाङले भने, “हामीले गोलका केही राम्रा अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौं। थ्री स्टारले एउटा अवसर पायो र त्यसको सदुपयोग गर्‍यो। हामीलाई आज भाग्यले साथ दिएन।”
आशिष राईले २४औं मिनेटमा गरेको गोल थ्री स्टारलाई उपाधि जिताउन पर्याप्त बन्यो। आशिषले अशोक खवासको कर्नरलाई हेडमार्फत् पोस्टको दिशा दिएका हुन्।
‘ए’ डिभिजन लिगका दुबै टीमले विपक्षी पोष्टमा आक्रमण बुन्न सकेनन्। दुबै टीम विशेष गरी मिडफिल्डमै व्यस्त भए।
नवौं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिने अवसर पाएको थियो। तर, त्रिदेव गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। पहिलो हाफको अन्तिममा थ्री स्टारका कप्तान विक्रम लामाले राम्रोसँग बल क्लियर गर्न नक्दा रिबाउन्डमा प्राप्त गरेको बलमा रञ्जन पुनले हानेको प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए।
“आज हिलमालयन शेर्पाले राम्रो प्रदर्शन गर्‍यो। तथापी, हामी पाएको अवसर सदुपयोग गर्न सफल भयौं,” थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, “हामीलाई जित आवश्यक थियो, धेरै गोल होइन। त्यसैले टीमको प्रदर्शनबाट सन्तुष्ट छु। हामीले रक्षात्मक रणनीति अपनाएका थियौं। जुन सफल पनि भयो।”
थ्री स्टारका प्रशिक्षक केसीले फाइनलमा सुधारिएको प्रदर्शन गर्ने बताए।
प्रतियोगिताको विजेतालाई २१ लाख १ रूपैयाँ तथा उपविजेतालाई १० लाख १ रूपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।
"> हिमालयन शेर्पाका प्रशिक्षक तामाङ भन्छन्- ‘भाग्यले साथ दिएन’: Dekhapadhi
हिमालयन शेर्पाका प्रशिक्षक तामाङ भन्छन्- ‘भाग्यले साथ दिएन’
धनगढी। धनगढीमा जारी सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप चाैंथो संस्करणको दोस्रो सेमिफाइनलमा थ्री स्टारलाई १–० को नतिजा सुम्पिएको हिमालयन शेर्पाका प्रशिक्षक सुशिल तामाङले भाग्यले साथ नदिएको बताएका छन्।
धनगढी रंगशालामा आशिष राईको निर्णायक गोलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको छ। थ्री स्टारले अब २० फागुनमा हुने फाइनलमा आयोजक सुदूरपश्चिम–११ विरुद्ध खेल्नेछ।
सुदूरपश्चिम–११ ले १७ फागुनमा विभागीय टीम सशस्त्र प्रहरी बलको एपीएफ क्बललाई २-१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो।
हिमालयन शेर्पाका प्रशिक्षक तामाङले राम्रो प्रदर्शन गरे पनि नतिजा हात पार्न नसकेको बताए।
आशिष राईले २४औं मिनेटमा गरेको गोल थ्री स्टारलाई उपाधि जिताउन पर्याप्त बन्यो। आशिषले अशोक खवासको कर्नरलाई हेडमार्फत् पोस्टको दिशा दिएका हुन्।
‘ए’ डिभिजन लिगका दुबै टीमले विपक्षी पोष्टमा आक्रमण बुन्न सकेनन्। दुबै टीम विशेष गरी मिडफिल्डमै व्यस्त भए।
नवौं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिने अवसर पाएको थियो। तर, त्रिदेव गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो। पहिलो हाफको अन्तिममा थ्री स्टारका कप्तान विक्रम लामाले राम्रोसँग बल क्लियर गर्न नक्दा रिबाउन्डमा प्राप्त गरेको बलमा रञ्जन पुनले हानेको प्रहार थ्री स्टारका गोलकिपर पूर्ण चेम्जोङले बचाए।
थ्री स्टारका प्रशिक्षक केसीले फाइनलमा सुधारिएको प्रदर्शन गर्ने बताए।
प्रतियोगिताको विजेतालाई २१ लाख १ रूपैयाँ तथा उपविजेतालाई १० लाख १ रूपैयाँ, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई वेनाली मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ।
प्रतिक्रिया दिनुहोस्