‘बी’ डिभिजन लिग: बाँसबारी शीर्षमा

काठमाडौं। सुलेमान थापामगर र सजिन थापामगरले समान दुई गाेल गरेपछि बाँसबारी क्लबले आज शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मध्यपुर युथ एशाेसिएसनलाई ५-२ ले पराजित गरेको छ।

बाँसबारीको यो लगातार तेस्रो जित हो। यससँगै बाँसबारीले ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। खुमलटार युथ र सातदोबाटो युथ क्लबको समान ६ अंक छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सुलेमानले पहिलो मिनेटमै बाँसबारीलाई अग्रता दिएका थिए। सजिनले छैटौं मिनेटमा बाँसबारीको अग्रता दोब्बर बनाए।

सुलेमानले ११औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। सजिनले ४६औं मिनेटमा सजिनले फेरि अर्को गोल थपे। बाँसबारीका सुरेश कुमालले ६७औं मिनेटमा अर्को गाेल थपे।

खेल सकिन १० मिनेट बाँकी रहँदा मध्यपुर युथले दुई गोल फर्काए पनि अंक जोड्न सकेन। मध्यपुर युथका धीरज श्रेष्ठ र सन्नी लामाले गोल गरेका थिए।

मध्यपुरको यो लगातार तेस्रो हार हो। मध्यपुर युथ पहिलो खेलमा खुमलटार युथ र दोस्रो खेलमा श्री भगवती क्लबसँग पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्