ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडाैं। महानगरीय अपराध महाशाखा टेकुको टोलीले ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक युवकलाई पक्राउ गरेको छ।

बैतडी दशरथचन्द नगरपालिका-१ बस्‍ने ३२ वर्षीय रमेश बडूलाई आज नख्खुबाट पक्राउ गरेको हो।

उच्च अदालत पाटनले बडूलाई ठगी मुद्दामा १६ कात्तिक २०७५ मा दुई महीना चार दिन कैद र दुई लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। अदालतको फैसलासँगै उनी फरार थिए।

भीमबहादुर भण्डारीले ठगी गरेको आरोपमा बडूविरुद्ध मुद्दा दायर गरेका थिए।

नेपाली सेनाको अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भण्डारीलाई आफ्नो रक्षा मन्त्रालयसम्म राम्रो सम्बन्ध रहेको र शान्ति सेनामा पठाइदिने भन्दै दुई लाख ५० हजार रूपैयाँ बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका थिए।

उजुरीकै आधारमा अपराध महाशाखाको टोलीले २१ वैशाख २०७३ पक्राउ गरेको थियो। बडूले राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिने भन्दै थप दुईजनाबाट समेत २४ लाख रूपैयाँ ठगी गरेको खुलेको छ।

रमेशलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्