भारतको बलिङ चले पनि ब्याटिङ चलेन
काठमाडौं। भारतका बलरले उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ नचल्दा मोहम्मद न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्टमा भ्रमणकारी टीम दबाबमा परेको छ।

भारतले पहिलो दिन २४२ रन जोड्दा सबै विकेट गुमाएको थियो। पहिलो दिन सकिँदा न्युजिल्यान्ड ६३-० को स्थितिमा थियो। टम लाथम २७ तथा टम ब्लुन्डेल २९ रनको स्थितिमा थिए।

दोस्रो दिन भारतका मोहम्मद शामीले चार, जसप्रित बुमराहले तीन, रविन्द्र जडेजाले दुई विकेट लिएपछि घरेलु टोलीले २३५ रन जोड्दा सबै विकेट गुमायो। लाथमले ५२, ब्लुन्डेलले ३०, केली ज्यामिन्सनले ४९, कोलिन डी ग्राण्डहोमले २६, नेल वाग्नरले २१, रोस टेलरले १५ तथा हेनरी निकोलसले १४ रन बनाउनु बनाए।

पहिलो इनिङमा सात रनको अग्रता लिएको भारतले दोस्रो दिन ९० रन जोड्दा ६ विकेट गुमाइसकेको छ। भारतले ९७ रनको अग्रता लिएको छ। दोस्रो दिन सकिँदा भारतका हनुमा बिहारी पाँच तथा रिसब पन्त एक रन बनाएर क्रिजमा छन्।

भारतका चेतेश्वर पुजराले २४, कप्तान विराट कोहली र पृथ्वी शाले समान १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

न्युजिल्यान्डका ट्रेन्ड बोल्टले तीन विकेट लिए भने टीम साउथी, ग्राण्डहोमल र वाग्नरले समान एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्