काठमाडौं। एभरेष्ट प्रिमियर लिगको भैरहवा ग्लाडियटर्सले चैतमा हुने ईपीएल-२०२० का लागि आज तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।
भैरहवाले यसअघि वेष्ट इन्डिजका ड्वानी स्मिथलाई अनुबन्ध गरेको थियो। त्यस्तै नेपालका पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई भैरहवाले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
प्रशिक्षक पुबुदुले एभरेष्ट प्रिमियर लिगमा खेल्ने तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन्।
प्रशिक्षक दासानायकेले यस सिजन भैरहवाले श्रीलंकाका अलराउन्डर जीवन मेन्डिस र बायाँ हाते ब्याट्सम्यान मिलिन्दा सिरिवद्धनालाई अनुबन्ध गरेको बताए। त्यस्तै ओमानका बायाँहाते बलर विलाल खान पनि यस सिजन भैरहवाबाट खेल्नेछन्। प्रशिक्षक दासानायकले टीम सन्तुलित भएका कारण भैरहवा उपाधि जित्न सक्षम भएको बताए।
“हाम्रो टीममा राम्रो विदेशी खेलाडी छन्। नेपालको पनि राम्रो खेलाडी छन्। पाँच राष्ट्रिय टीमका छन्। प्रतिभावान युवा खेलाडीहरू छन्। हामी भैरहवामा ट्यालेन्ट हन्ट गर्दैछौं। त्यहाँ पनि राम्रो खेलाडीको खोजी हुनेछ”, प्रशिक्षक दासानायकेले भने, “‘हाम्रो टीम सन्तुलित छ। र, यो उपाधि जित्न सक्षम छ।”
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टीमको प्रशिक्षणका लागि अनुरोध गर्यो भने के भन्नुहुन्छ भन्ने प्रश्नमा दासानायकेले थपे, “म अहिले यही भैरहवाका लागि केन्द्रित छु। त्यस्तो प्रस्ताव आयो भने त्यतिबेला नै सोचौंला।”
भैरहवालाई शरद भेषावकरले कप्तानी गर्नेछन्। शरदसँगै प्रदीप ऐरी, आरिफ शेख, कृष्ण कार्की, भूवन कार्की, दीपेश श्रेष्ठ, रोहितकुमार पौडेल, हरिकृष्ण शाह, अभिनाष बोहरा, कुशल मल्ल, विकास आग्री र हिमांसु दत्त छन्।
जीवन मेन्डिसले श्रीलंकाबाट ५८ एकदिवसीय अन्तर्राष्ट्रियमा ६३६ रन बनाएका छन्। मिलिन्दाले २७ खेलमा ५१६ रन बनाइसकेका छन्। विलाल खानले नेपालमा भर्खरै सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले आईसीसी ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगितामा १८ विकेट लिएका थिए।
" /> काठमाडौं। एभरेष्ट प्रिमियर लिगको भैरहवा ग्लाडियटर्सले चैतमा हुने ईपीएल-२०२० का लागि आज तीन विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ।भैरहवाले यसअघि वेष्ट इन्डिजका ड्वानी स्मिथलाई अनुबन्ध गरेको थियो। त्यस्तै नेपालका पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई भैरहवाले मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

">