कोरोना संक्रमणबाट इरानका सांसदको निधन  <p>काठमाडौं। कोराना भाइरसको संक्रमणबाट इरानका एक सांसदको&nbsp;निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम &lsquo;इन्डिपेन्डेन्ट&rsquo;ले जनाएको छ। इरानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै सांसद् मोहम्मद अली रमाजानी दस्तकको निधन भएको पुष्टि गरिएको हो।&nbsp;</p> <p>केही दिनअघि मात्रै उनलाई कोरानाको संक्रमण भएको पुष्टि भएको थियो।&nbsp;</p> <p>शनिवार बिहान उनको निधन भएको बताइएको छ। इरानामा कोरोना संक्रमण भएको पुष्टि गरिएका ५९३ मध्ये ४३ जनाको निधन भइसकेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्