वासिङ्टन। संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत उपस्थित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए। यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ।
अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरू घोषणा गरेको हो।
उपराष्ट्रपति पेन्सले इरानी नागरिकमाथि यात्रा प्रतिबन्ध पहिल्यैदेखि रहे पनि विगत १४ दिनयता इरान भ्रमण गरेका कुनै पनि विदेशीलाई अमेरिका प्रवेश गर्न नदिइने बताए।
उनले इटाली र दक्षिण कोरियाका कोरोना प्रभावित इलाकाहरूमा भ्रमण नगर्न सल्लाह दिइएको पनि बताए।
त्यस अवसरमा राष्ट्रपति ट्रम्पले संयुक्तराज्य अमेरिकामा २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको जानकारी दिँदै पछिल्लो परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताए। उनले कोरोना भाइरसको खोप निर्माणका सन्दर्भमा कुराकानी गर्न अमेरिकाका विशिष्ट औषधि निर्माता कम्पनीहरूलाई छलफलका लागि आमन्त्रण गरेको जानकारी दिए।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस बेलायत, सिंगापुर, इटाली, फ्रान्स, रसिया, स्पेन, इरान, भारत समेत विश्वका ४५ भन्दा बढी देशमा फैलिइसकेको छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको सङ्क्रमणलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा घोषणा गरेको छ।
चिनियाँ स्वास्थ्य आयोगले आज कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ। चीनमा मात्र हालसम्म दुई हजार ८३५ जनाको ज्यान गइसकेको छ। रासस/एएनआई
" /> वासिङ्टन। संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई कोरोना प्रभावित इरान, इटाली र दक्षिण कोरिया भ्रमण नगर्न आदेश दिएको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत उपस्थित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध पनि लगाइने जानकारी दिए। यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ।

">