विराटनगर। ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। प्रदेश सभाको आजको बैठकमा प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेकी थिइन्।

विधेयकको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य कूलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे।

सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे। अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुने बताइन्।

यसअघि बैठकको शून्य समयमा सांसदहरूले कोभिड-१९ बाट आमनागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका थिए। प्रदेश सभाको अर्को बैठक २२ फागुन अपराह्न १ बजे बस्नेछ। रासस

" /> विराटनगर। ‘प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। प्रदेश सभाको आजको बैठकमा प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेकी थिइन्।

विधेयकको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य कूलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे।

सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे। अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुने बताइन्।

यसअघि बैठकको शून्य समयमा सांसदहरूले कोभिड-१९ बाट आमनागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका थिए। प्रदेश सभाको अर्को बैठक २२ फागुन अपराह्न १ बजे बस्नेछ। रासस

"> प्रदेश १: बालबालिका अधिकार विधेयक छलफलका लागि संसद्‍मा प्रस्तुत: Dekhapadhi
प्रदेश १: बालबालिका अधिकार विधेयक छलफलका लागि संसद्‍मा प्रस्तुत <p style="text-align:justify">विराटनगर। &lsquo;प्रदेश नं १ को बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६&rsquo; माथि विचार गरियोस् भनी प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ। प्रदेश सभाको आजको बैठकमा प्रदेश सभा नियमावली, २०७४ को नियम ९३ बमोजिम सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सो प्रस्ताव सदनमा पेश गरेकी थिइन्।</p> <p style="text-align:justify">विधेयकको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य कूलप्रसाद साँवाले विधेयकले बालगृह तथा बालआश्रमको विषयमा पनि बोल्नुपर्ने भन्दै विद्यालय तहमा पोषण कार्यक्रम सञ्चालन गर्न विधेयकमा व्यवस्था हुनुपर्ने माग गरे।</p> <p style="text-align:justify">सदस्य जयराम यादवले विधेयक अत्यन्त राम्रो रहेको र यसबाट बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे। अर्का सदस्य शान्ता पौडेलले तीन वर्षमुनिका बालबालिकालाई पौष्टिक आहारको व्यवस्था भएमा लक्षित वर्ग लाभान्वित हुने बताइन्।</p> <p style="text-align:justify">यसअघि बैठकको शून्य समयमा सांसदहरूले कोभिड-१९ बाट आमनागरिकलाई सुरक्षित राख्न प्रदेश सरकारले पूर्वतयारी गर्न तथा विभिन्न सडकको स्तरोन्नतिका लागि ध्यानाकर्षण गराएका थिए। प्रदेश सभाको अर्को बैठक २२ फागुन अपराह्न १ बजे बस्नेछ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्