काठमाडाैं। बलिडउ अभिनेता वरुण धवनको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडिओमा वरुणको फोटो खिच्ने क्रममा एक फोटोग्राफरको खुट्टा उनको कारमुनि पर्यो।
वरुण आफ्नी गर्लफ्रेण्ड नताशा दलालसँग कारमा बसिरहेका थिए। त्यही क्रममा वरुणको कारको पाङ्ग्रा फोटोग्राफरको खुट्टामाथि चढ्छ। यो घटनापछि निकै डराएका वरुणले ड्राइभरलाई कार पछाडि गर्न निर्देशन दिएका थिए।
घटनापछि त्यो ठाउँमा एकदम भीड जम्मा भएको थियो। वरुणले घाइते फोटोग्राफरलाई भेटेर चोटबारे सोधेका थिए। वरुणले अन्य फोटोग्राफरलाई घाइते फोटोग्राफरको ख्याल गर्न भन्दै घटनास्थलबाट बाहिरिएका थिए।
कारबाट बाहिर निस्किएर वरूणले फोटोग्राफरलाई “तिमीहरूलाई कहिल्यै फोटो खिच्न दिएन र ? किन यसरी मरिहत्ते गर्छौ ? म सधैँ तस्वीर खिच्न त दिइरहेको हुन्छु तर, किन मरिहत्ते गर्छौ ?” भन्दै प्रश्न गरेका थिए।
वरुणको अभिनय रहेको चलचित्र ‘कुल्ली नम्बर-१’ केही समयमा प्रदर्शनमा आउने तयारीमा छ। सारा अली खानलाई अपोजिट रोलमा देखाएको उक्त चलचित्र १ मे २०२० मा प्रदर्शनमा आउँदैछ।
" /> काठमाडाैं। बलिडउ अभिनेता वरुण धवनको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त भिडिओमा वरुणको फोटो खिच्ने क्रममा एक फोटोग्राफरको खुट्टा उनको कारमुनि पर्यो।वरुण आफ्नी गर्लफ्रेण्ड नताशा दलालसँग कारमा बसिरहेका थिए। त्यही क्रममा वरुणको कारको पाङ्ग्रा फोटोग्राफरको खुट्टामाथि चढ्छ। यो घटनापछि निकै डराएका वरुणले ड्राइभरलाई कार पछाडि गर्न निर्देशन दिएका थिए।

">